पु.समाचार

यसकारण एक्कासि कांग्रेसभित्रको विवाद लम्बिने संकेत देखियो !

काठमाण्डौ । कांग्रेसमा प्रदेश २ को उम्मेदवार छनौटको विषयमा विवाद चुलिएको छ । विवादकै कारण कांग्रेससले शनिवार पनि उम्मेदवारको नाम टुंग्याउन सकेन ।

शनिवार रातिसम्म बसेको बैठकमा उम्मेदवार छान्ने विषयमा विवाद बढ्दै जाँदा महामन्त्री शाशंक कोईरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु बैठक छाडेर निस्केका थिए ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, पुर्वमहामन्त्रीसमेत रहेका कांग्रेस केन्द्रिय सदस्य विमलेन्द्र निधिले एकलौटी ढंगले उम्मेदवार छनौट गर्न लागेको भन्दै पौडेल पक्षीय नेताहरु आक्रोशित भएका हुन् ।