राजनीति

कांग्रेसले छान्यो जनकपुर उपमहानगरमा मेयरको उम्मेद्वार, यस्ता छन् अन्य उम्मेद्वारहरु (नामसहित)

धनुषा । नेपाली कांग्रेसले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि १२ तहको उम्मेदवार टुंगो लगाएको छ । एक उपमहानगरपालिकासहित १८ वटा स्थानीय तह रहेको धनुषामा कांग्रेसले १२ वटामा टुंगो लगाई सकेको छ भने सोमबार दिउँसोसम्म जिल्लाको सबै स्थानीय तहको टुंगो लागि सक्ने कांग्रेस धनुषाले जनाएको छ । सो पार्टीका अनुसार जनकपुर उपमहानगरपालिकाको मेयरमा मनोज साह र उपमेयरमा निलम कर्णलाई उम्मेदवार बनाएको छ ।

यस्तै नगराईन नगरपालिकाको मेयरको उम्मेदवारमा प्रमेश्वर यादव, र उपमेयरमा रञ्जुदेवी साह, क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा योगेन्द्र पजियार र उपमेयरमा रचना माथेमा, विदेह नगरपालिकाको मेयरमा प्रेमचन्द्र झार उपमेयरमा हिरादेवी सहनी, धनुषाधाम नगरपालिकाको मेयरमा बालेश्वर मण्डल र उपमेयरमा विद्यादेवी भुजेल, सबैला नगरपालिकाको मेयरको उम्मदेवारमा विजयशंकर साह र उपमेयरमा बबितादेवी साह छन् ।

यस्तै धनौजी गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा बद्री सिंह र उपाध्यक्षमा रामबती मण्डल,लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा कुमरकान्त झा र उपाध्यक्षमा रामराजी यादव, बटेश्वर गाउँपालिका अध्यक्षमा रामअशिष महतो र उपाध्यक्षमा अनारशी देवी यादव , औरही गाउँपालिका अध्यक्षमा ब्रह्मदेव यादव र उपाध्यक्षमा शशीकला मण्डललाई उम्मेदवार बनाएको छ ।

यस्तै, मुखियापट्टीमुसहरनिया गाउँपालिकाको अध्यक्षमा रामबाबु यादव उम्मेदवार छन् भने उपाध्यक्षको टुंग्याउन बाँकी छ ।यस्तै कांग्रेस र नेकपा माओवादीले तालमेल गर्ने धनुषा जिल्लाको एक स्थानीय तह मिथिलन गरपालिकाको मेयरमा राजकुमार महतोलाई कांग्रेसले उम्मेदवार बनाएको छ भने माओवादीबाट उपमेयरको उम्मेदवार टुंग्याउन बाँकी रहेको छ ।