काठमाण्डौ । प्रदेश नम्बर दुईमा मतदान प्रक्रिया सुरु भएको छ । सोमबार (आज) बिहान ७ बजदेखि मतदान प्रक्रिया सुरु भएको हो । मतदान प्रक्रिया सुरु भएदेखिनै मतदानस्थलमा मतदाताहरुको उल्लेख्य उपस्थिति हुन सुरु भएको छ ।
मतदाताहरु लाइनमा बसेर मतदान प्रक्रियामा भाग लिइरहेका छन् भने निर्वाचन आयोगका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिहरु, स्वयंसेवक लगायत पनि व्यस्त देखि थालेका छन् ।
उक्त प्रदेशका आठ जिल्लाका १ सय ३६ स्थानाीय तहमा आज निर्वाचन हुँदैछ । यसअघि ६ प्रदेशमा निर्वाचन सम्पन्न भैसकेको छ । निर्वाचन आयोगका अनुसार आज हुने मतदान प्रक्रियामा ३७ हजार २ सय ३६ जना उम्मेद्वार मैदानमा भिडिरहेका छन् । सो प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेको तथ्यांक छ ।