पु.समाचार

नेपाल आइडलका प्रतिस्पर्धी कतार प्रस्थान

काठमाण्डौ । चर्चित रियालिटी सो नेपाल आइडलको तीन प्रतिस्पर्धी कतार प्रस्थान गरेका छन् । नेपाल आइडलको कतारमा हुने ‘ग्रान्ड फिनाले’ सहभागी हुन उनीहरु कतार प्रस्थान गरेका हुन् ।

सोमबार उनीहरुलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विदाई गरे । सो टोलीमा तीन प्रतिस्पर्धी बुद्ध लामा, निशान भट्टराई र प्रताप दास रहेका छन् ।

उनीरुसँग अघिल्लो प्रतिस्पर्धाको राउन्डबाट बाहिरिएका सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल र केञ्जलमेहर श्रेष्ठ पनि कतार प्रस्थान गरेका छन् ।

प्रतिस्पर्धीहरुलाई विदाई गर्दै अन्नपूर्ण नेटवर्कका अध्यक्ष थापाले कतार पुगेर स्वभिमानी नेपालीको रुपमा प्रस्तुत भएर प्रतिस्पर्धामा भाग लिन र सफलता प्राप्त गर्न शुभकामना दिए । उनले अरु सहभागीहरुलाई बधाई समेत दिए ।