पु.समाचार

सिरहाको कर्जन्हामा माओवादी विजयी

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा नेकपा माओवादी केन्द्र बहुमत वडासहित मेयर र उपमेयर विजयी भएको छ । नेकपा एमालेका रामदयाल महतोलाई पछि पार्दै नेकपा माओवादीका गंगा पासवान मेयरमा विजयी भएका हुन् ।

विजयी भएका माओवादी केन्द्रका पासवानले ४ हजार तीन सय ९ मत र उनका निकटतम प्रतिस्पर्धी रामदयाल महतोले तीन हजार ९० मत प्राप्त गरेको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिए ।

त्यसैगरी उपमेयरमा नेकपा माओवादी केन्द्रकी ज्ञानुकुमारी श्रेष्ठले ४ हजार ३ सय १३ र निकटतम प्रतिस्पर्धी नेकपा एमालेकै अन्जु राईले २ हजार ९ सय ४५ मत प्राप्त गरे । ११ वडा रहेको नगरपालिकामा २ र ६ नम्बर वडाबाहेक सबैमा नेकपा माओवादी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।