काठमाण्डौ । मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ र पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका छन् ।
जनवरीमा नेपाल नेपाल भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । शनिबारको अन्नपूर्णमा लेखिएको छ, त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् ।