राजनीति

वनमन्त्री पाण्डेले यसरी फसाए काठमाण्डौ महानगरपालिकालाई

काठमाण्डौ । वन तथा मूसंरक्षण मन्त्री विक्रम पाण्डेको निर्माण कम्पनीले तीन बर्षअघि ठेक्का लिएको एउटा बाटो अहिलेसम्म निर्माण हुन सकेको छैन ।

मन्त्री पाण्डेको स्वामीत्वमा रहेको कालिका कन्स्ट्रक्सनले २०७१ सालमा तीन पिप्लेदेखि सिसडोल ल्यान्डफिल साइटसम्मको आठ किलोमिटर बाटो १८ महिनाभित्र निर्माण गर्ने गरी ठेक्का लिएको थियो ।

सो बाटो हाल दुई किमि मात्र पिच भएको छ । काठमाडौं महानगरपालिका स्रोतका अनुसार पाण्डेका ज्वाइँ ठाकुर कँडेलले सो बाटो निर्माण गर्ने जिम्मा लिएका थिए ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, सिसडोलबासीले बाटो निर्माण नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान लिदै आएका छन् ।