काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो ।
सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए । लामाले भने, मलाई नो कल आएडीबाट चारपटक फोन आयो । एक करोड रुपैयाँ माग्दै उनीहरुले धम्क्याएका छन् । मंगलबारको नयाँ पत्रिकामा लेखिएको छ, डेढ महिनाअघि पनि पैसा माग्दै आफूलाई फोन आएको लामाले बताए ।