काठमाण्डौ । दाजुभाईको परिवारबीच कुखुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको हो ।
आइतबारको अन्नपूर्णमा लेखिएको छ, स्थानीय मोहन गिरी र उनका भाई गोरख गिरीको परिवारका सदस्यबीच खुकुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको बाजुराका निमित्त प्रहरी प्रमुख निरीक्षक जगदिश भट्टले जानकारी दिए ।