काठमाण्डौ । भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक र भारतस्थित एक्सेस बैंकबीच विप्रेषण कारोबार गर्ने सम्झौता भएको छ ।
भारतमा रहेका नेपालीसंग पैसा हुँदापनि आवश्यक पर्दा नेपालमा रहेका निजका परिवार तथा आफन्तले रकम लिन नसक्दा समस्यामा परेकाहरुलाई नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा“पृथ्वी रेमिट”मार्फत भुक्तानीगर्न सक्ने व्यवस्थामिलाइएको छ ।
नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनैपनिशाखामागएर एकपटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधालिन सक्नेछन । प्रत्येकमहिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ ।
एक्सिस बैकबाट पठाएको पैसा नेपालइन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट तुरुन्तप्राप्तगर्न सकिनेछ । छिटो, सहज र सुरक्षिततरिकाले रकमप्राप्तगर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।
देशकाविभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत आफ्नो सेवादिइरहेको नेपालइन्भेष्टमेण्ट बैंक र भारतस्थित एक्सिस बैंकबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम भुक्तानी गर्ने विश्वास राखिएको छ ।