पु.समाचार

गोरखामा बाबुरामको अग्रता, नारायणकाजी पछि परे

गोरखा । गोरखामा नयाँ शक्ति पार्टीका उम्मेद्वार बाबुराम भटटराईले अग्रता लिएका छन् । अहिले चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा भट्टराईसँग माओवादी केन्द्रका उम्मेद्वार नारायाण्काजी श्रेष्ठले पछ्याइरहेका छन् ।

केहीबेर अघिसम्म माओवादी केन्द्रका उम्मेद्वार श्रेष्ठले अग्रता लिएपनि अहिले भने भट्टराईले अग्रता लिन सुरु गरेका हुन् ।  पछिल्लो मतपरिणाम अनुसार भट्टराईले आठ सय ३० मत ल्याएका छन् भने नारायणकाजीले सात सय ६६ मत ल्याएका छन् । दुई नेताबीचको मत अन्तर ६४ रहेको छ ।