राजनीति

कुन दल कहाँ-कहाँ विजयी भए र कति स्थानमा अग्रता लिइरहेका छन् ? यस्तो छ पछिल्लो मतपरिणाम !

काठमाण्डौ । मंसिर १० र २१ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य अहिले जारी रहेको छ । मुलुकका अधिकांश जिल्लाहरुमा मतगणना सुरु भैसकेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस  क्रमशः पहिलो, दोश्रो र तेश्रो रुपमा अग्रता लिइरहेका छन् । अहिलेसम्मको मतपरिणाम अनसार एमालेले एक ठाउँमा जित हासिल गरेको छ भने १८ स्थानमा अग्रता लिइरहेको छ ।

त्यस्तै नेपाली कांग्रेसले ४ स्थानमा अग्रता हासिल गरिरहेको छ भने माओवादी केन्द्रले १३ स्थानमा अग्रता लिइरहेको छ । अन्य दलहरुले अहिलेसम्म कुनै स्थानमा जित र अग्रता लिइरहेका छैनन् ।

त्यस्तै, प्रदेशसभातर्फ नेकपा एमालेले १४ स्थानमा अग्रता लिएको छ । एमालेले प्रदेश नम्बर १ मा ५ स्थान, प्रदेश नम्बर ३ मा २ स्थान, प्रदेश नम्बर ३ मा २ स्थान, प्रदेश नम्बर ४ मा ३ स्थान, प्रदेश नम्बर ६ मा ४ स्थानमा अग्रता लिइरहेको छ ।

सो पार्टीले प्रदेश नम्बर ४ मा एक स्थानमा विजयी हासिल गरिसकेको छ । त्यस्तै नेपाली कांग्रेसले पनि प्रदेशसभाका विभिन्न स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसले प्रदेश नम्बर १ मा १ स्थान, प्रदेश नम्बर ४ मा १ स्थान, प्रदेश नम्बर ५ मा एक स्थान र प्रदेश नम्बर ७ मा १ स्थानमा अग्रता लिइरहेको छ ।

उता, माओवादी केन्द्रले पनि केही प्रदेशसभाहरुमा अग्रता लिइरहेको छ । माओवादीले प्रदेश नम्बर १ मा १ स्थानमा, प्रदेश नम्बर ३ मा १, प्रदेश नम्बर ४ मा ३ स्थान, प्रदेश नम्बर ५ मा १ स्थान, प्रदेश नम्बर ६ मा २ स्थानमा अग्रता लिइरहेको छ । अन्य दलहरुले भने अहिलेसम्म अग्रता लिएका छैनन् ।