राजनीति

काँग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैनः नेता सिंह

काठमाण्डौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अध्यादेशको बारेमा वाम गठबन्धनलाई अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।

थापागाउँ सुधार समितिले आज यहाँ आयोजना गरेको ‘बधाई एवं धन्यवाद’ कार्यक्रममा नेता सिंहले संविधानमा अध्यादेशमार्फत राष्ट्रियसभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पारे । ‘काँग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन, हामी सबै कुरा मिलेपछि सरकार छोड्छौँ’, उनले भने ।

काठमाण्डु क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता सिंहले काँग्रेस संसद्मा जिम्मेवार प्रतिपक्षमा बस्ने उल्लेख गरे । ‘हामी प्रदेशदेखि केन्द्र सरकारसम्म प्रतिपक्षमा बस्छौँ’, उनले भने ।

उनले संविधान कार्यान्वयनका लागि काँग्रेसको सरकारले निर्वाचन गराएको भन्दै अब आर्थिक विकासमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । आज मात्र प्रधानमन्त्री शेरबहादु् देउवाले आफू एक छिन पनि सरकारमा नबस्ने बताइरहेका बेला सिंहको यस्तो भनाई आएको हो ।