पु.समाचार

केपी ओली भारतविरोधी हुन् कि होइनन्, यो अनौठो खबर पढ्नुहोस् !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओली पछिल्ला वर्ष भारत विरोधी कट्टर नेताका रुपमा परिचित छन् । उनले भारतको विरोध गर्नु स्वभाविकजस्तै भएको छ । तर भर्खरै एउटा अनौठो समाचार बाहिर आएको छ ।

नेपालका लागि भारतीय पूर्व राजदूत रणजित रायले एमाले अध्यक्ष ओली भारतका सबैभन्दा असल मित्र भएको खुलासा गरेका छन् ।

दक्षिण एसियाको प्रसिद्ध हिन्दु पत्रिका द वायरसँगको अन्तरवार्ताका क्रममा उनले सो कुराको खुलासा गरेका हुन् । उनले अध्यक्ष केपी ओलीको मुक्त कण्ठले प्रशंसा समेत गरेका छन् र भनेका छन्, ‘केपी ओली शसक्त र दृढ मान्छे मात्र होइनन् असल शासक पनि हुन् ।’

यसरी पूर्व भारतीय राजदूतले प्रसंशा गरेपछि ओलीको नियतमाथि समेत प्रसस्तै शंका गर्ने ठाउँ उब्जिएको छ ।