राजनीति

सरकारले भोली प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने

काठमाण्डौ । सरकारले शुक्रबार प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी थालेको छ । बिहीबार राजनीतिक दल र सरोकारवालासँग छलफल गरी भोलि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारीमा सरकार जुटेको हो । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले यस विषयमा अन्तिम निर्णय लिने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलेसमेत प्रेस विज्ञप्ति जारी गरेर संविधानको धारा २८८ को उपधारा २ बोमोजिमा प्रदेश राजधानी तोकिन लागेको जानकारी दिएको छ।