अन्तर्राष्ट्रिय

तापक्रम वृद्धिका कारण खतराको यस्तो संकेत देखियो

बर्लिन, जर्मनी । जलवायु परिवर्तनसँगै आएको विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने वैज्ञानिकहरूले बताएका छन् ।

जर्मनीमा भएको अनुसन्धानले संयुक्त राज्य अमेरिका, भारत तथा अफ्रिकाका केही भागहरू, इन्डोनेसिया र मध्य यूरोपमा नदीजन्य बाढीको प्रकोपलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने देखाएको वैज्ञानिकहरूले बताएका छन् । विश्वभर नदीमा आउने बाढीका कारण हरेक बर्ष ठूलो विपत्ति हुनेगरेको छ ।

जलवायु परिवर्तन तथा यसका कारण सिर्जना भएको विश्वव्यापी उष्णतालाई नियन्त्रणमा राख्ने पहल नभएमा बढी तथा अन्य प्राकृतिक प्रकोपको भयाबह अवका केही दशकमा थप विकराल हुने देखिएको छ ।

प्रविधिमा आधारित भएर जलवायुको प्रभावबारे अनुसन्धान गर्ने जर्मन संस्था, पोष्टडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले एसियामा बाढीका कारण यहाँको जनसङ्ख्याको करिब १० प्रतिशत प्रभावित हुने गरेकोमा आगामी सन् २०४० सम्म बाढीजन्य प्रकोपका कारण प्रभावित हुनेको जनसङ्ख्यामा वृद्धि भई प्रतिबर्ष १५ करोड ६० लाख मानिस हुने प्रक्षेपण गरेको छ ।

बिहीबार जर्मन सार्वजनिक भएको अध्ययन प्रतिवेदनले जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने विश्वव्यापी पहलकका बाबजुद् पनि बाढीको प्रकोपमा वृद्धि हुने खतरा कायमै रहेको बताइएको छ । विगत केही दशकलेखि हरितगृह ग्यासको उत्सर्जनका कारण जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने पहल हुँदाहुँदै पनि बाढीको खतरालाई काबुमा राख्न सहज छैन ।