पु.समाचार

स्वदेशमै काम गरी खान देउ !

काठमाण्डौ । रोजगारीको माग गर्दै शनिबार राजधानीमा प्रदर्शन गरिएको छ । रोजगारीका लागि विदेश जानु पर्ने बाध्यताको अन्त्य हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुलभ रुपमा पाउनुपर्ने माग गर्दै राष्ट्रवादी केन्द्रले भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्‍याली निकालेर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा विभिन्न पेशामा आबद्ध पेशाकर्मी, युवा, विद्यार्थीलगायतको सहभागिता थियो । प्रदर्शनमा सहभागीले ‘स्वदेशमै काम गरी खान देउ, सबै नेपालीलाई रोजगार देउ, काम अनुसारको दाम सुनिश्चित गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।