आर्थिक

कृषि सहकारी संघको साधारणसभा सम्पन्न

भक्तपुर । जिल्ला कृषि सहकारी संघ भक्तपुरकोे पाँचौँ वार्षिक साधारणसभामा सहकारीमा आएको बजेटलाई सहकारी संस्थाले सदुपयोग गरी कृषि उत्पादनमार्फत देशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिइयो ।

कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज ज्ञलालले सहकारीको विकासको लागि आफ्नो समन्वयकारी भूमिका निर्वाह गरी सहकारीको विकासको लागि काम गर्ने अठोट व्यक्त गरे ।

जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष उत्तम सापकोटाको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ भक्तपुरका उपाध्यक्ष केदार खड्का, भक्तपुरका जिल्ला बचत तथा ऋण सहकारीका उपाध्यक्ष हरि बल्लभ सो संस्थाका सल्लाहकार हरि वसिष्ठले सहकारीको विकासका लागि जोड दिए ।