आर्थिक

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

पथरी । नेरुडे लघुवित्त विकास बैंकले आर्थिक वर्ष २०७३-०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ ।

अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३-७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताए ।

उनले एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिए । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३÷७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी ३४ करोड ५७ लाख ८० हजार पुगेको बताए ।