आर्थिक

कठ्याङ्ग्रिँदाे जाडाेका कारणा एकको मृत्यु

इनरुवा । सुनसरीमा अत्यधिक चिसोका कारण साेमबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उनका दाजु सजनले जानकारी दिए ।

दैनिक ज्याला मजदुरी गरेर दुई छोराछोरी र श्रीमती पाल्दै आएका ऋषिदेवको मृत्युपछि उहाँको परिवार आर्थिक समस्यामा परेको छ । रासस