मनोरञ्जन

सिड्नीमा ‘प्रेम गीत २’ प्रदर्शनकाे तयारी हुँदै

काठमाडौं । पछिल्लो समय युवा माझ लोकप्रिय बन्न सफल नायक प्रदिप खड्का अभिनित चलचित्र ‘प्रेम गीत २’ सिड्नीमा प्रदर्शन हुने भएको छ ।

केहि महिनाअघि नेपालमा प्रदर्शनमा आएको उक्त चलचित्र नेपालमा ब्लक बष्टर बनेको थियो । यस अघिको चलचित्र ‘प्रेम गीत’को सिक्वेलमा निर्माण गरिएको चलचित्रको डायस्पोरा राईट्स ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी अमेरिका र नेपालले लिएको हो ।

सिड्नीमा ईभेन्ट आयोजकका रुपमा परिचित कलिउड क्लबले सिड्नी शोको ब्यबस्था गरेको छ ।

क्लबको चलचित्र लभ स्टोरी भएकाले प्रेम महिनाका रुपमा फ्रेबरुअरी महिनाभरि सिड्नीमा शो गर्ने भएको छ । जस्को पहिलो शो फ्रेबरुअरी ३ तारिख शनिबारका दिन हर्षभिलको सिभिक थियटरमा हुने र बाँकी शोको मिति सार्बजनिक गर्दै जानेकलिउड क्लबका निर्देशक श्यामसुन्दर गिरीले बताए ।

आशुसेन फिल्मसको ब्यानरमा निर्मित चलचित्रलाई रामशरण पाठक निर्देशन गरेका हुन् भने सन्तोष शेनले निर्माण गरेका हुन् । यस चलचित्रमा प्रदिपको अपोजिटमा नायिका अश्लेषा ठकुरी छिन् ।

नेपाल, थाईल्याण्ड र म्यानमारमा छाँयाकन गरिएको यस चलचित्रमा प्रदिप र अश्लेषाको अलवा कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा समावेश गीत ‘प्रेम यो कहानी’ र ‘मोटरसाईकलमा’ सर्बाधिक चर्चित गीत हुन् । पुर्ण लभ स्टोरी जनरामा निर्मित चलचित्रको सिड्नीको शोका लागि २५ डलर टिकट राखिएको छ ।

जस्का लागि ….. मा सम्पर्क गरी टिकट बुक गर्न सकिने छ ।
हेर्नुहोस् भिडियो–