आर्थिक

राधी विद्युतको आइपिओ बाँडफाँडः ९५ हजार २१४ आवेदकको हात खाली, कसले कति पाए ?

काठमाडौँ । राधी बिद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आइपिओ) बुधबार बाँडफांड भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडका अनुसार आइपिओका ९५ हजार २१४ आवदेकले कम्पनीको सेयर पाएनन् ।

कम्पनीले निष्कासन गरेको ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता शेयरका लागि एक लाख ६६ हजार ३१७ वटा आवेदन परेको थियो । त्यसमध्ये एक हजार ३२७ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

सदर भएका कुल एक लाख ६४ हजार ९९० आवेदकमध्ये गोलाप्रथाबाट ७१ हजार १०२ सर्वसाधारण आवेदकले दश कित्ता तथा एक आवेदकले एघार कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

कुल ७ लाख ६४ हजार ५५० कित्ता सेयरमध्ये कर्मचारीलाई १५ हजार २९१ कित्ता र सामुहिक लगानी कोषका लागि ३८ हजार २२८ कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको हो।

साधारण सेयर वितरण गरेसँगै कम्पनीको चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुगेको छ ।

मेरोलगानीबाट साभार