आर्थिक

नवीकरणबाट चार महिनामा एक करोड राजश्व संकलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल रु एक करोड २० लाख राजश्व संकलन गरेको छ ।

उत्पादन, सेवा, कृषि तथा वन्य जन्तु र पर्यटन किसिमका उद्योगबाट रु २५ लाख ३३ हजार था वाणिज्य प्रशासनतर्फ रु ९४ लाख ६६ हजार राजस्व संकलन भएको उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए ।

प्रथम चौमासिकको चार महिनाको अवधिमा ३२५ नयाँ उद्योग दर्ता भई नयाँ र पुरानो गरी अब झापामा आठ हजार ८१ उद्योग दर्ता भएका छन् । तीनवटा उद्योग खारेजीमा परेका छन भने सातवटा उद्योग कारबाहीमा परेकामा उत्पादनतर्फका ९९, सेवा र निर्माणतर्फका १३२, कृषि तथा वन्य जन्तुका ९१ वटा र पर्यटनका तीनवटा उद्योग नयाँ दर्ता भएका छन् ।

यसैगरी, वाणिज्य प्रशासनतर्फका नयाँ ५२८, पुराना नौ हजार एक उद्योग दर्तामा रहेको र वाणिज्यसमेतको काम गर्दै आएको सो कार्यालयले चालू आवको चौमासिक अवधिमा ९२ वटा अनुगमनको कार्य गरेको उद्योग अधिकृत मिश्रले जानकारी दिए ।