काठमाण्डौ । प्रमुख अथिति काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्याम राज तिवारी तथा बैंकका अध्यक्ष हरी चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच माघ १८ गतेका दिन संयुक्त रुपमा ज्योति विकास बैंकको ठमेल शाखा कार्यालय उद्घाटन गरेका छन् ।
बिहीबर विहान ८ बजे बैंकका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति ठमेल सरसफाई कार्यक्रम गरी ९ बजे विधिवत रुपमा ठमेल शाखा कार्यालय उद्घाटन भएको हो ।
यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । बैंक संचालनमाआएको दशौंवर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ ब्द्यद्यक् सेवा समेत उपलब्ध गराएको छ ।
हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट रु. १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १२ अर्व ४३ करोड ऋण लगानीगर्न सफलभएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड पुगेको छ ।