अन्तर्राष्ट्रिय

भारी हिमपातका कारण सबै उडान स्थगित

जेनेभा । भारी हिमपाताका कारण जेनेभाको विमानस्थलमा बिहीबारका सबै उडानहरु स्थगित भएका छन् । कतिपय उडान रद्ध तथा अरु कैयौँ स्थगित भएका कारण कैयौँ यात्रु अलपत्र परेका समाचारमा जनाइएको छ ।

खराव मौसमको कारण उडानहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने सम्बिन्धित अधिकारीहरुले जानकारी दिएका छन् विमानस्थलका अधिकारीहरुका अनुसार यात्रुहरुलाई आफ्नो आधिकारीक सूचनामार्फत विमानस्थल नआउन भनिएको छ ।

बिहीबार बिहानैदेखि हिमपातको क्रम नरोकिएकोले अर्को सूचना प्रकाशन गरेर उडानको समयतालिका तय गरिने उड्डयन अधिकारीहरुले जनाएका छन् ।