भक्तपुर । डोरेमन प्रि स्कुल चार बर्षमा नै दुई सय बिद्यार्थी बनाउन सफल भएको छ । बालकोटको राघिनी हाईटमा स्थापना गरिएको स्कुल छोटो समयमा नै स्थानीयको मन जित्न सफल भएको हो ।
स्कुलका प्रिन्सिपल बिष्णु घिमिरेले भने, ‘बालमैत्री, सर्बागिंण बिकास, मित्ब्ययी र बच्चालाई प्रशस्त खेल्ने मैदानसहित स्थापना गरिएको स्कुल भएकोले स्थानीयले माया गर्नुभएको छ, अभिभावकहरुलाई सन्तुष्टी दिनेगरी सस्तो रकममा अन्तराष्ट्रिय स्तरको गुस्तरीय शिक्षा दिने हाम्रो मुख्य लक्ष हो ।’
‘भूकम्पप्रतिरोधि भबन समेत रहेको स्कुललाई स्थानीयले बिश्वास जित्नु बिद्यार्थीहरुलाई आफ्नै छोराछोरी सरह मानेर बैज्ञानिक पद्धतीमा पढाईनु पनि एउटा कारण हो’ स्कुलकी भाईस प्रिन्सिपल कमुना लिम्बूले बताईन् ।
‘
बिद्यार्थी आवतजावतका लागि यातायातको सुविधा, फ्रि वाईफाई रहेको स्कुलमा दुई दर्जन कर्मचारी रहेका छन्, कर्मचारीहरु समेत सबै आफ्नै स्कुल मानेर जिम्मेवार ढंगले काम गर्नुन्छ’ भाईस प्रिन्सिपल लिम्बूको दाबी छ ।
स्कुल हेर्दा समेत आकर्षक र शान्त देखिन्छ । नेपालको साँस्कृतिक पक्षलाई प्राथमिकता दिएर शिक्षा दिने, खेलकुद, मनोरञ्जन, र मन्टेस्वरी पद्धतीलाई लागू गर्ने, बनभोज कार्यक्रम राख्ने गरिएको छ । ससाना बच्चाहरुलाई राम्रो देखिने सुन्तले कलरको टिसर्ट अनिवार्य गरिएको छ ।
बिद्यार्थीको संख्या बढाउन भन्दा गुणस्तरमा ध्यान दिने स्कुलको मुख्य लक्ष रहेको प्रिन्सिपल घिमिरे दाबी गर्छन् । स्कुलहरुको भीडमा उक्त स्कुलले सफलता पाउने देखिन्छ । छोटो समयमा नमूनास्कुलको रुपमा स्थापीत हुन सक्नु पनि सम्भाबनाको जग हो । डान्स, म्युजिक समेत क्लास हुने हुंदा ससाना बिद्यार्थी आकर्शित हुनु स्वभाबिक हो । दिनको तीन समय बालबालिकालाई खानाको ब्यबस्था र आवस्यकता अनुसार डाक्टरको भिजिट समेत हुन्छ ।
