आर्थिक

माछापुछ्रे बैँकद्वारा शैक्षिक क्षेत्रमा सहयोग

काठमाण्डौ । माछापुछ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

शनिबार एक कार्यक्रमका विचबंैकले मातृभूमि महिला समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पिडित, द्वन्द पिडित तथा विभिन्न समस्याबाट जकडिएका १५ जना विधार्थीहरुलाई ५ महिना सम्म शैक्षिक शुल्क तथा सामाग्रीका लागि पुग्ने गरीरु १ लाख ५० हजार आर्थिक सहयोगप्रर्दान गरेको छ ।

त्यसै गरी आज एक कार्यक्रमका विच बैंकले देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई समेत रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उत्त कार्यकममा चेक हस्तान्तरण बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाज्यू बाट भएको समेत जनाएको छ ।