आर्थिक

सन्राइज बैंकले गर्यो एक्सचेञ्ज सूचिकरण

काठमाण्डौ । सन्राइज बैंकको यही पौष ३ गते सम्पन्न दशौ बार्षिक साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५% प्रतिशतका दरले हुने १,०६,३३,७६८.५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्जको बुधबारको निर्णयानुसार सूचिकरण भएको छ ।

उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड भन्दा बढी भएकोछ । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको बाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पूँजी रु. ८ अर्ब पु¥्याउन निर्देशन भए अनुसार बैंकले गत आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको समय सिमा भित्र तोके बमोजिमको चुक्ता पूँजी पु¥्याउन सक्षम भएको छ ।