आर्थिक

ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा

कठमाण्डौ । ग्लोबल आइएमई बैंकले बुधबारका दिन २ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नंं. ५, स्यूना र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नंं. १०, उत्तम चोकमा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । थप २ स्थानमा शाखा कार्यालय संचालनमा ल्याए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १२२ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२२ वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलीया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।