काठमाडौं । मगर समुदायको महान् तथा पवित्र चाड भूमे (भूम्या) पर्व शुक्रबारदेखि शुरु भएको छ ।
भूमिको पूजार्चनापछि आपसमा शुभकामना आदानप्रदान गर्दै हप्ता दिनसम्म मनाइने यो पर्व प्राकृतिक प्रकोप नपरोस्, अन्न बाली सप्रियोस् , सुव्यफाव्य होस् भन्ने कामना गरिन्छ । आफन्तजनसँगको भेटघाट तथा आपसमा शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्व हरेक मगर बस्तीमा मनाउने प्रचलन छ ।
भूमे पर्वका अवसरमा अहिले मौलिक बाजाको तालसँगै मौलिक पहिरनमा सजिएका मगर युवा तथा वृद्धवृद्धा भूमे नाच नाचिरहेका छन् । बाइस ताल र बाइस चालमा नाचिने यो नाच गोलो घेरा बनाएर नाचिन्छ ।
यसैबीच, गृहमन्त्री राम बहादुर थापा र उर्जामन्त्री बर्षमान पुनले पर्वको शुभकामना आदान प्रदान गरेका छन् । हेर्नुहोस् भूमे पर्व तस्बीरमाः
मगर समुदायको पवित्र चाड भुमे पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा फुल टिप्दै मगर समयुदाय । मगर समुदायले हरेक वर्षको असार–१ गते भुमीको पूजा गरेर आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै भुमे नाच नाचेर हप्ता दिनसम्म यो पर्व मनाउने गर्दछन् । तस्विर: केदार मगर/काठमाडौं, राससमगर समुदायको पवित्र चाड भुमे पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी गृहमन्त्री रामबहादुर थापा (बादल) तथा उर्जा, जलस्रोत तथा सिंचाइँमन्त्री वर्षमान पुन (अनन्त) । । मगर समुदायले हरेक वर्षको असार–१ गते भुमीको पूजा गरेर आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै भुमे नाच नाचेर हप्ता दिनसम्म यो पर्व मनाउने गर्दछन् । तस्विर: केदार मगर/काठमाडौं, राससमगर समुदायको पवित्र चाड भुमे पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा फुल टिप्दै मगर समयुदाय । मगर समुदायले हरेक वर्षको असार–१ गते भुमीको पूजा गरेर आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै भुमे नाच नाचेर हप्ता दिनसम्म यो पर्व मनाउने गर्दछन् । तस्विर: केदार मगर/काठमाडौं, राससकाठमाडौंमा शुक्रबार आयोजना गरिएको मगर समुदायको भुमे पर्वमा भुमे (भुम्या) नाच पस्तुत गर्दै मगर समयुदाय । मगर समुदायले हरेक वर्षको असार–१ गते भुमीको पूजा गरेर आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै भुमे नाच नाचेर हप्ता दिनसम्म यो पर्व मनाउने गर्दछन् । तस्विर: केदार मगर/काठमाडौं, राससमगर समुदायको पवित्र चाड भुमे पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री रामबहादुर थापा (बादल) । मगर समुदायले हरेक वर्षको असार–१ गते भुमीको पूजा गरेर आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै भुमे नाच नाचेर हप्ता दिनसम्म यो पर्व मनाउने गर्दछन् । तस्विर: केदार मगर/काठमाडौं, रासस