काठमाडौं । नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले आमरण अनशनमा बस्नुभएकी गंगामाया अधिकारीका् स्वस्थ्यस्थीती बुझेका छन् ।
लामो समयदेखी आमरण अनसन बस्नुभएको स्थान बीर अस्पताल पुगी डा. कोईरालाले अधिकारीको मुद्धा द्वन्द्वकालीन मुद्धासँग जोड्न नहुने बिचार ब्यक्त गरेका हुन् ।
पोशागत चिकित्शक समेत रहेका नेता कोईरालाले दम्पतीमा एकजनाको मृत्यु भईसकेको र श्रीमतीको समेत आमरण अनशनका कारण स्वस्थ्य अवस्था ज्यादै नाजुक हुंदै गएको बताएका छन् । डा. कोईरालाले स्वस्थ्य अवस्था यस्तो नाजुक भएको देखिएपनि सरोकारवाला निकाय र सरकार मौन बस्नु दुःखद रहेको जनाएको छन् ।
गंगामायाका जस्ता अन्य धेरै मुद्धा मुलुकमा भएकोले अपिराधिक कार्यलाई द्वन्द्वसंग जोडेर हेर्न नहुने बताउदै गंगामायाका जायज माग पुरा गर्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।
शान्ती प्रकृया र १२ बुंदे सहमतीमा मूख्य भूमिका खेल्ने डा. कोईरालाले द्वन्द्वकालीन मुद्धा लामो समयसंग नटुंग्याएकोमा चिन्तिीत हुंदै सबै अपराधिक कृयाकलापलाई द्वन्द्वसंग जोडिने परम्परा बिकास हुनलाई रोक्नुपर्ने बताएका छन् ।
०६० सालमा १२ बुंदे समझदारी हुंदा तत्कालीन सभापति स्व. गिरिजा प्रसाद कोइरालाको निर्देशनमा डा. शेखर र कृष्ण प्रसाद सिटौलाले माओबादीसंग वार्ता गर्ने र भारतलाई बिश्वस्त दिलाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेका थिए ।





