काठमाण्डौ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले रौतहट जिल्लाको परोहानगरपालिकामा शाखा कार्यालय आजदेखि सञ्चालनमा ल्याएको छ ।
रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं.४ स्थित बैंकको परोहा शाखा परोहा नगरपालिकाका प्रमुख मो.शेख वकिलबाट एक समारोहका विच समुद्घाटन भएको हो ।
शखा कार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
आजदेखि सञ्चालनमा आएको बैंकको परोहा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुने र नगरपालीकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।