लुम्बिनी

विशेषको उपचारका लागि आर्थिक सहयोग

काठमाडौँ । अर्घाखाँची भूमिकास्थान–१ का ६ वर्षीय बालक विशेष बेल्बासेको स्वास्थ्य उपचारका लागि रु एक लाख ३१ हजार १०० प्रदान गरिएको छ । अर्घाखाँचीकै छत्रदेव गाउँपालिकाका समाजसेवीद्वय सचिन पाण्डे र शिवदेव पाण्डेले ‘विशेष बचाऊ’ अभियान सञ्चालन गरी देश/विदेशबाट सहयोग जुटाए  ।

यहाँ आज आयोजित कार्यक्रममा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले उक्त रकम बिरामी बालक विशेषलाई हस्तान्तरण गरे। जिङ्थेरापीको कमीबाट बिग्रँदो स्वास्थ्यस्थितिमा पुगेका बालक विशेषका बारेमा अनलाइनमा समाचार आएपछि सचिन पाण्डेले उक्त अभियान शुरु गरेका थिए ।

यही असार ५ गतेदेखि शुरु गरिएको ‘विशेष बचाऊ’ अभियानमा देश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटेको सचिन पाण्डेले जानकारी दिए । बालक विशेषका बुबा खिमानन्द बेल्बासे पनि दुवै मिर्गौला फेल भएर हाल उपचाररत छन् ।

सहयोग गर्न चाहनेले विशेषको नाममा रहेको कृषि विकास बैंक भक्तपुरको खाता नं ०२१२१०१२३४०२९०२२ मा सहयोग रकम जम्मा गरिदिनुहुन आग्रह गरिएको छ ।