पर्यटन/संस्कृति

कैलास मानसरोवर जाँदा अब खाना बोक्नु नपर्ने

काठमाडौं । मधुवन फुडले कैलास यात्रामा जाने सबैको लागि खानाको ब्यवस्था गर्ने निर्णय गरेको छ । यसको लागि भारत, चीन र नेपाल बीचको सहकार्यमा यात्रामा जाने यात्रुलाई ‘सात्वीक’ भोजन उपलब्ध गराउने छ ।

यस कम्पनीमा एसोसियसन अफ कैलास टुर अप्रेटर (एक्टोन)का प्रेसिडेन्ट र एमजी डाइरेक्टर एक्स्पोर कैलास टेक्स् प्रालिका प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध निर्देशक सुमितप्रताप गुप्ताले सहकार्य गरेका हुन् ।

प्रकाश श्रेष्ठ यो कार्यक्रमको मुख्य कोअडिनेटर हुन जसले सबै एक्टोनका सदस्यहरुलाई सहयोग गर्नेछन् । उनले चीनमा लजिस्टीक र सबै खानेकुराहरुको ब्यवस्था गर्न सहयोग गर्नेछ भने सुमितप्रताप गुप्ताले खानेकुराहरुको ब्ययस्थापन बिभिन्न ठाउँमा मिलाउने छ ।

हरेक बर्ष कैशल मानसरोवर यात्राले नेपाली इकोनोमिलाई अगाडि बढाउन सहयोग पुर्याईरहेको छ । यसमा एक्टोनका प्रेसिडेन्ड प्रकाश श्रेष्ठले निकै ठूलो भूमिका खेल्दै आएको छ । उनको सहयोगमा बिगत २५ सहजीकरणको काम हुँदै आएकोमा अहिले बर्षदेखि यी तीन वटा देशको बीचमा सहकार्य हुनुमा उनको निकै ठुलो भूमिका रहेको छ ।

उनले तिर्थयात्रुको स्वादलाई ध्यानमा राखेर भारतीय सेफ ल्याएर सबै ठाँउमा भारतीय स्वादमा खाना बनाइने छ । यात्रा अवधिभर, तिर्थयात्रुलाई उनिहरुको टेष्ट अनुसारको खाना दिइने छ । कम्पनीको चाहना यो छ कि सबै तिर्थयात्रुहरु संन्तुष्ट भएर तिर्थ गर्न सकुन । यात्रा अवधिभर यसरी दिइने सेवाले तिर्थयात्रुले सुविधा पाउने छन् भने नेपालमा रोजगारी सृजना हुने छ ।

यो विल्कुलै युनिक तथा फरक सहकार्यले तिर्थयात्रीहरुले पोषिलो र स्वादिस्ट खाना पाउने छन् । भने निकै सुलभ मूल्यको फाइदा भारतीय पर्यटकहरुले समेत पाउने छन् । यो तीन देशको सम्बन्ध बिस्तारमा मात्र होइन यो दुई ठुला देशलाई नजिक ल्याउने सशक्त माध्यम समेत बनेको छ ।

चाइना इन्डिया तिर्थ यात्रा सेवा केन्द्र (सिआईपीएसई) का प्रमुख कार्यकारी अधिकृत वान क्युन लिनले यो सहकार्यको मुख्य उद्देश्य सबै तिर्थयात्रीलाई राम्रो सेवा, नेचुरल र हेल्दी फुड प्रदान गर्नु भएको बताए । वानले भने ‘तिर्थयात्रुलाई चीनले निकै उत्कृष्ट सडक, होटल र अन्य सेवा सुविधा दिएको छ । यो चीन, नेपाल र भारत बीचको सहकार्यले यो यात्रालाई अर्को तहमा पुर्याएको छ ।’

यसअघि यात्रामा जाने तिर्थयात्रुले आफ्नो लागि आफै खानेकुराको बन्दोबस्त गरेर जानु पर्ने थियो । जहाँ खाना बनाउनु पर्ने हो त्यहाँ पुगेर आफैँ खाना पकाउनु पर्ने थियो । थाकेर गएका यात्रुले लामो समय खानेकुराको लागि पर्खेर बस्नुपर्ने अबस्था थियो । जसले उनिहरुले आरामको लागि छुट्टाएको समयसमेत कम हुन्थ्यो । स्वस्थ खाना उपलब्धतामा निकै समस्या थियो । उनिहरुले खानाको लागि राति बिहानको २ बजेसम्म कुर्नु पर्ने अबस्था थियो ।

अब त्रिदेशीय साझेदारी पछि खानेकुरा तिर्थयात्रीहरुलाई लञ्च बक्समा दिइने छ । निकै सुरक्षीत र हाइजेनिक प्याकिङ हुने खाना यात्रुले आफुलाई मन लागेको समयमा खान सक्नु हुने छ । साथै फलफुल र जुसहरुसमेत उपलब्ध हुने छन् ।
सुमितप्रताप गुप्ताले पनि बिगत धेरै बर्षदेखि मानसरोवर यात्रा गरिरहनु भएको छ । उहाँ बाटोमा हुने कठिनाईसँग निकै विज्ञ हुनुहुन्छ । यात्राको क्रममा हुने कठिन ठाँउ र त्यहाँ हुने अफ्ट्यारा कसरी झेल्नु पर्छ भन्ने उहाँले नजिकबाट हेरिरहनु भएको छ । भाडा, तरकारीको साथै उत्कृष्ट कामदार, इन्धन, अन्य साधन र स्रोतजस्ता कुरा यात्रामा निकै कम पाइन्छ । आफै किचेन लिएर हिड्दा यात्रीलाई निकै कठिनाई भइरहेको हुन्छ । अब यी सबै कुराको कमिहुन नदिन र समयमा तातो, हाइजेनिक र स्वस्थ खानेकुरा समयमा नै दिन हामी प्रतिबद्ध छौं ।

गतवर्ष, करिब २० हजार तिर्थयात्रुले मानसरोबरको यात्रा गरेका थिए । यो वर्ष बिगत १० हप्तादेखि निरन्तर चलिरहेको यात्रामा मधुवनले ६७ सय यात्रुलाई खानाको सेवा दिएको छ । एक बर्षको अन्तरालमा यात्रीहरुले निकै रमाइलो गर्न पाएका छन् भने मिठो र पोशिलो खानाको साथमा कैलास मानसरोवरको यात्रामा मुखमा भगवानको नामलिएर आनन्द उठाउन पाउने भएका छन् ।