आर्थिक

माछापुच्छ्रे बैंकद्वारा एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थागत सामाजिक उत्तरदायित्व एवं भोजपुर कोट सेवा समाज र कोट वासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुच्छ्रे बैंक र भोजपुर कोट सेवा समाजले संयुक्त कार्यक्रम आयोजना गरीमिति २०७५ साल श्रावण १९ गते हस्तान्तरण गरियो ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट सञ्चालक जय मुकुन्द खनाल र राम मान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राज बहादुर राईर टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष उद्धव कुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरे । उक्त कार्यक्रमा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयहरुलाईसमेतकदरपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०९ स्थानवाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।