काठमाडौँ । टोखा संस्कृति सम्पदा संरक्षण दबू र नेवाः गुथिले यही वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई सम्मान गर्ने भएको छ ।
मुलुकको संस्कृति तथा इतिहास संरक्षणको क्षेत्रमा जोशीले पु¥याएको योगदानको कदरस्वरुप सो सम्मान गर्न लागिएको हो । टोखाका विविध संस्कृति, बाजागाजा तथा वेषभूषासहितको झाँकीले स्वागत गर्दै आगामी साउन २७ गते जोशीलाई सम्मानित गरिनेछ ।
आईतबार आयोजित पत्रकार सम्मेलनमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले त्यस क्षेत्रमा रहेका जात्रा तथा चाडपर्वलगायत संस्कृतिको खोज अनुसन्धान तथा संरक्षणका लागि वरिष्ठ संस्कृतिविद् जोशीको अनुभव र अध्ययनलाई उपयोग गरिने जानकारी दिए ।
दबूका अध्यक्ष मनिराज डंगोलले मुलुकमा विभिन्न जाति तथा समुदायका संस्कृति र भाषाको विकास गरी तिनलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न शताब्दीपुरुष जोशीले निर्वाह गर्नुभएको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गरे।