काठमाडौँ । गीता अधिकारीको शब्द रहेको तीजसम्बन्धी ‘यतै घमाइलो उतै घमाइलो’ गीति भिडियो बजारमा आएको छ ।
चलचित्र पत्रकार संघका उपाध्यक्षसमेत रहेकी अधिकारीको शब्द तथा गायिका सारीका घिमिरेको आवाज रहेको उक्त गीति भिडियोको पूर्वसभामुख ओनसरी घर्तीमगरले सोमबार विमोचन गरिन् । विमोचनपछि उनले सामाजिक विकृतिको अन्त्य गरी महिला सशक्तीकरणका लागि तीज पर्व एउटा महत्वपूर्ण अवसर भएको बताईन् ।
मुलुकको विकास निर्माणमा महिलाले धेरै योगदान दिन सक्छन् भन्ने सन्देश रहेको उक्त भिडियोमा भुवन चन्द, चैत्यदेवी, वसुन्धरा भुसाललगायत कलाकारले अभिनय गरेका छन् । दीपक शर्माको संगीत रहेको गीति भिडियोलाई वीरेन्द्र भाटले छायाङ्कन गरेका हुन् ।