काठमाण्डौ । बिहिबार प्रभु ग्रुपले नेपालमा “वालेट अब मोबाइलमा” भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेट को सुरुवात गरेको छ । आज आयोजीत कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष देबी प्रकाश भट्टचनले यसको प्रयोग गरि शुभारम्भ गरे ।
आजको डिजीटल युगमा प्रभु पे ले नौलो र फरक सुबिधा ल्याएको छ | यसलाई आफ्नो मोबाइलमा डाउनलोड गरेपछी पैसा संग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनैपनि बैंक अथवा वित्तीय संस्थाको खाता बाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टि भी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न, NCHL डिपोजिट गर्न सहज हुनेछ | यसबाट अनलाइन मात्र नभई युनियन पे र QR Code स्क्यान मार्फत पनि पैसा तिर्न सकिनेछ ।

यसैगरी प्रभु पे ले नियमित ग्राहकलाई रु १०,००,००० सम्म को दुर्घटना बिमा को सुबिधा पनि दिएको छ भने अरुलाई रिफर गरे बापत प्रत्येक रिफरमा रु ३० बराबरको ब्यालेन्स दिनेछ | प्रभु पे को आफ्नै अलगै च्याट सिस्टमको सुबिधा पनि छ |
कार्यक्रममा प्रभु पे का सञ्चालक कुसुम लामाले चरणबद्ध रुपमा प्रभु पे को प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराए |