काठमाण्डौ । नेपाल बायु सेवा निगमका प्रबन्ध निर्देशक सुगत रत्न कंसाकारले निजगढ बिमानस्थलको निर्माण प्रकृया कुनैपनि हालतमा रोकिन नहुने बिचार ब्यक्त गरेका छन् ।
नेपाल बायुसेवा निगममा लामो अनुभब भएका कंसाकारले उक्त बिमानस्थल निर्माण पश्चात देशको समृद्धी भई ३ करोड जनताको रोजीरोटी सुनिश्चित हुने दाबी गर्दै उक्त बिमानस्थललाई ७ अर्ब जनतासंग जोडेर हेर्न नमिल्ने दाबी गरेका छन् ।
उनी भन्छन्. ‘भनिन्छ संसारको ७ अर्व जनसंख्याले अमेरिकाको नागरिकहरुको जस्तै जीवनस्तरको व्यवस्था गर्न साढे चार वटा पृथ्वी चाहिने हुन्छ। यो तर्कको आधारमा निजगढ एर्पोर्ट निर्माण रोक्न पाइन्दैन ! निजगढ एर्पोर्ट तीन करोड जनताको रोजीरोटी संग गाँसिएको आयोजना हो! हाम्रो लागि प्राथमिकता तीन करोड नेपालीको प्रति व्यक्ति आय बढाउने हो, ७ अर्वको चिन्ता ठुला बढा राष्ट्रले गरोस!