समाचार

राष्ट्र कमजोर बनाउने चलखेलमा लागेका बिदेशी शक्तीलाई परास्त गर्छौंः महेश बस्नेत

भक्तपुर । सरकारले परिकल्पना गरेको ‘सुखी नेपाली र समृद्ध नेपाल’को अभियानलाई सफल पार्न नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य अत्यावश्यक रहेको सरोकारवालाले बताएका छन् ।

आज भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले आयोजना गरेको ‘वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती’ विषयक कार्यक्रममा पूर्वउद्योगमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले अहिले राज्यलाई एकदमै बलियो र सशक्त बनाउने बेला आएको बताए ।

उनले भने, “देशलाई कमजोर बनाउन केही देशी र विदेशी शक्ति सक्रिय छन्, जनतालाई फुटाउने र भ्रम फैलाएर अशान्ति फैलाउन केही तत्व सक्रिय छन्, यस्तो बेलामा राज्यलाई एकदमै बलियो र शसक्त बनाउनु पर्छ ।”

बस्नेतले जनताले आफ्नो माग सहज ढङ्गले पु¥याउन स्थानीय सरकार नै भएकाले स्थानीय सरकार र नागरिक समाजको सहकार्य भएमा जस्तोसुकै चुनौतीलाई पनि अवसरका रुपमा लैजान सकिने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवरले जिल्ला समन्वय समितिलाई भूमिकाविहीन बनाउँदा स्थानीय सरकारबीच समन्वयमा कठिनाई आएको बताउँदै स्थानीय सरकारले जिससलाई टेर्नसमेत छाडेको गुनासो गरे ।

त्यस अवसरमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेतले सूर्यविनायक नगरपालिकाले नागरिक समाजको सहभागितामा ऐन नियम बनाएर कार्यान्वयनमा ल्याएको बताउँदै विकासमा समेत नागरिक समाजको सहभागिता गराएको बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई), नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, प्याब्सनका अध्यक्ष श्रीकृष्ण केसी, मानव अधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्याललगायतले आगामी पाँच वर्षभित्र सरकारले विकासलाई पूर्णता दिन नागरिक समाजको आवश्यकताको पहिचान गर्दै स्थानीय सरकारले योजना ल्याइ सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।