काठमाण्डौ । नेपाली काँग्रेसका ७७ वटै जिल्लाका सभापतिहरुको भेलाको अन्तिम तयारी सम्पन्न भएकोछ । नुवाकोटको ककनीमा सम्पन्न हुन लागेको १२ र १३ गते गरी दुईदिनको भेलाले काँग्रेसको प्रस्ताबित बिधानको बारेमा निर्णय गर्ने नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले बताएका छन् ।
ताप्लेजुंगदेखी दार्चुला सम्मका सभापतिहरु लगभग सबै आईसकेका छन् । सभापति भेलाको प्रबेशद्वारदेखी कार्यक्रमस्थल, बस्ने होटल र बाटाघाटा समेत काँग्रेसमय भएका छन् । सभाभपतिका अलवा काँग्रेस नेताहरु तथा कार्यकर्ता र शुभचिन्तकको समेत भीड लागेको छ । ककनीबाट नुवाकोटको बट्टारसम्मका हेटलहरु बुकिङ भईसकेको पर्यटन ब्यवशायीले जानकारी दिए । यसभन्दा अगाडी हेटौंडामा बिधिवत रुपमा काँग्रेस जिल्ला सभापतिहरुको भेला सम्पन्न भएको थियो ।

