पर्यटन/संस्कृति

पर्यटन बोर्डका सिइओ जोशीलाई “च्याम्पियन इन च्यालेन्ज अवार्ड २०१८”

काठमाडौं । पाटा नेपाल च्यापटरले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकार िअधिकृत तथा पाटा नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष दीपकराज जोशीलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ । यही ८ नोभेम्बर २०१८ मा वेलायतको राजधानी लन्डनमा आयोजित “ईन्टरनेशनल ट्राभल क्राइसिस म्यानेजमेन्ट समिट्” समारोह बीच दीपकराज जोशीले “ईन्टरनेशनल इन्स्टिच्यूट फर पीस थ्रु ट्राभल एण्ड टुरिजम” नामक संस्थाबाट प्राप्त गरेको “च्याम्पियन इन च्यालेन्ज अवार्ड २०१८” नेपाली पर्यटन क्षेत्रकै लागि सम्मान तथा गौरवको विषय भएको भन्दै पाटाले जोशीलाई सम्मान गरेको हो । जोशी यो अवार्ड पाउने प्रथम नेपाली हुन् । अन्तराष्ट्रिय पर्यटन शान्तिदूतका रुपमा पुरस्कृत जोशीले प्राप्त गरेको यस महत्वपूर्ण उपलब्धीको सम्मान तथा उच्च कदर गर्दै यस संस्थाले उनको सम्मान गरेको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।

जोशी नेपाल पर्यटन बोर्डमा सिइओ नियुक्त हुने समयमा बोर्ड विषम परस्थितीबाट गुज्रिएको थियो । एकातर्फ लामो समयदेखि बोर्डमा सिइओ खाली रहेको अवस्था,बोर्डको आर्थिक गतिविधका विषयमा अख्तियारकाृे छानविन,महाभुकम्प र त्यसपछि सीमा नाकाबन्दिको सामना गर्नु गरेको परिस्थतीमा उनले बोर्डको नेतृत्व सम्हालेका थिए जतिबेला बोर्डमा जम्मा २३ जना मात्र कर्मचारी थिए भने बजेट पनि कम थियो ।

विभिन्न समस्याबाट गुज्रिएको नेपाली पर्यटनलाई माथी उठाउनु त्यतीबेला बोर्डको नेतृत्वको सामु ठूलो चुनौती थियो । जोशीले त्यो चुनौतीलाई अवसरका रुपमा लिँदै नेपाली पर्यटन बजारलाइृ माथी महत्वपूर्ण भूमिका खेलेका थिए । उनले २०१६ लाई पर्यटनको अस्थित्व रक्षाको वर्ष, २०१७ लाई पुनरोत्थानको वर्ष र २०१८ लाई उत्साह सिर्जनाको वर्षका रुपमा मनाउने नीति अनुरुप उल्लेख्य उपलब्धिहरु हसिल गरेको तथा सन् २०१९ लाई पुनः पर्यटन नवनिर्माणको वर्षका रुपमा मनाउने कार्य योजनाअघि सारेका छन् ।

कार्यक्रममा पाटा नेपाल च्यापटरका अध्यक्ष सुनिल शाक्यले स्वागत मन्तव्य राख्दै बोर्डको भूमिका पर्यटन पवद्र्धन तथा विकासका लागि अतुलनिय रहेको बताउनुका साथै सबैले समयको माग अनुरुप प्राथमिक एजेण्डाहरुमा एकताबद्ध भइ काम गरेमा मात्र दिगो पर्यटन विकास र लक्षित उपलब्धि हासिल गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै पाटाका पूर्व अध्यक्ष तथा पर्यटन बोर्डका संस्थापक अध्यक्ष वसन्तराज मिश्रले बोर्ड निजी क्षेत्रका लागि निजी क्षेत्रले सरकारको सहकार्यमा स्थापना गरेको संस्था भएको औंल्याउदैँ बोर्ड सफल वा असफ हुनुमा निजी क्षेत्रलाई जिम्मेबारी हुनेमा जोड दिए ।

बोर्डका सिइओ दीपकराज जोशीको योगदानको पसंशा गर्दै भमण वर्ष २०२० को लक्ष्यलाई पुरा गर्न सम्पूर्ण सरोकारवाला निकायलाई एकततृत भएर काम गर्न आग्रह गरे ।
बोर्डका सिइओ जोशीले आफले धेरै अतिरिक्त परिश्रम नगरी सामान्य दायित्व निर्बाह गर्दै आएको र आफूले पाप्त गरेको सम्मान सम्पूर्ण पर्यटन क्षेत्रको लागि प्राप्त सम्मान भएको बताउनुभयो र आफू केवल प्रतिनिधि मात्र भएको कुरा व्यक्त गरे ।
उहाँले आफू विषम परिस्थितिका काम गर्न पछि नहटेने र हरेक अफठयारो परिस्थितिले नयाँ अवसर र उपलब्धी प्रदान गर्दै आएको बताए ।

कार्यक्रमको अन्त्यमा पाटा नेपालका महासचिव विभुत्ीचन्द ठाकुरले उपस्थित सबैलाई पाटाको निमन्त्रणालाई स्वीकार गरी पदान गर्नुभएको अमूल्य समय र सहकार्यका लागि धन्यवाद ज्ञापन गर्दै सम्पर्ण पर्यटन सरोकारवालाहरुलाई हातेमालो गरी अघि बढन र पर्यटनका भावी पुस्ताहरुलाई सामावेस गरी पर्यटनको भविष्य दिगो र झन उज्वल पार्ने अभियानमा समावेस हुन आग्रह गरे ।