आर्थिक

कामना सेवा विकास बैंकको ६२ औं शाखा कलंकीमा

काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको रिङरोड कलंकीमा स्थित यहीपौष १६गते ६२औं शाखा स्थापना गरि कारोबार शूभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालकद्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।

शुभारम्भ कार्यक्रम कामु. प्रमुख कार्यकारी अधिकृतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जालविस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६२ वटा शाखातथा१७ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले, ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायत माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।