काठमाण्डौ । नेपाली काँग्रेसका नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले नेपाली काँग्रेस केन्द्रीय कार्यालयलाई पत्र लेखेका छन् । नेता केसीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासमिति बैठक पश्चात पार्टीमा गुटबन्दीको अन्त्य गर्दै कार्यशैलीमा आमूल परिवर्तनद्वारा ब्यापक एकता बनाउने, आन्तरिक लोकतन्त्रलाई पार्टीको संस्कार र कार्यशैलीका रुपमा विकसित गर्ने, पार्टीका मातहत निकाय, विभाग, भातृसंस्था, शुभेच्छुक वा समर्थक संस्थाहरूमा बिना हस्तक्षेप पूर्ण लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्वको चयन हुने व्यवस्था, संसदमा मूख्य प्रतिपक्षी पार्टीका रुपमा जनआकर्षण बढाउने प्रभावकारी भूमिका निर्वाह गर्ने, पार्टी केन्द्रीय सदस्यहरूले निर्वाचनमा प्रतिष्पर्धा नगरी स्वतः महासमिति सदस्य हुने प्रावधान हटाउने, केन्द्रीय सदस्यहरूले पनि बुथदेखि नै नवीकृत र निर्वाचित भएर आउनुपर्ने व्यवस्था र एकै प्रकृतिको आरक्षण–सिटमा एक ब्यक्तिलाई एक पटकमात्र अवसर दिने, दोहा¥याएर वा पटकपटक आरक्षण नदिने व्यवस्था विधानमा बाध्यात्मक प्राधानका रुपमा राख्नुपर्छ भन्दै निरन्तर दवाव दिइएको र पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोही अनुसार गर्ने प्रतिवध्दता जनाउनु भएपछि मात्र महासमिति बैठक अघि बढेको स्मरण गर्दै उक्त म्याण्डेट अनुसार अगाडि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् । महासमिति बैठकको म्याण्डेट नभूल्न सभापति लगायत केन्द्रीय नेताहरुमाझ चेतावनीपूर्ण रुपमा संकेत गर्दै यस्तो लेखेका छन्,
“विनम्र अनुरोध
आदरणीय नेताज्यूहरू,
नेपाली काँग्रेस, केन्द्रीय कार्यालय
बीपी नगर, सानेपा, ललितपुर ।
नेपाली कांग्रेसलाई जनाधार तथा विधानका साथै संस्थागत, संगठनात्मक र संरचनागत सुदृढीकरणको नितान्त जरूरी भएको यथार्थ पछिल्ला निर्वाचन परिणामहरूसँगै देखिएका कमि–कमजोरी र गल्तीले प्रष्ट पारेको छ । काँग्रेसलाई पूर्वस्थितिमा पुनःस्थापित गर्ने हामी सबैको साझा कर्तब्यका लागि जनस्तरबाट होइन केन्द्रिय स्तरबाट र शीर्ष नेतृत्वको कार्यशैलीमा आमूल परिवर्तन गरेर नै सम्भव छ । यसका लागि हालै सम्पन्न पार्टीको महासमितिको बैठकमा देशभरिका सहभागीहरूले साझा रुपमा अभिब्यक्त गरेका भावना र पारित सहमतिलाई उपेक्षा गरेर जान कसैलाई पनि छुट छैन।
महासमितिको बैठकबाट पारित भए अनुसार, पार्टीमा गुटबन्दीको अन्त्य गर्दै कार्यशैलीमा आमूल परिवर्तनद्वारा ब्यापक एकता बनाउने, आन्तरिक लोकतन्त्रलाई पार्टीको संस्कार र कार्यशैलीका रुपमा विकसित गर्ने, पार्टीका मातहत निकाय, विभाग, भातृसंस्था, शुभेच्छुक वा समर्थक संस्थाहरूमा बिना हस्तक्षेप पूर्ण लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्वको चयन हुने व्यवस्था, संसदमा मूख्य प्रतिपक्षी पार्टीका रुपमा जनआकर्षण बढाउने प्रभावकारी भूमिका निर्वाह गर्ने, पार्टी केन्द्रीय सदस्यहरूले निर्वाचनमा प्रतिष्पर्धा नगरी स्वतः महासमिति सदस्य हुने प्रावधान हटाउने, केन्द्रीय सदस्यहरूले पनि बुथदेखि नै नवीकृत र निर्वाचित भएर आउनुपर्ने व्यवस्था र एकै प्रकृतिको आरक्षण–सिटमा एक ब्यक्तिलाई एक पटकमात्र अवसर दिने, दोहा¥याएर वा पटकपटक आरक्षण नदिने व्यवस्था विधानमा बाध्यात्मक प्राधानका रुपमा राख्नुपर्छ ।
यसका लागि निरन्तर दवाव दिइएको र पार्टीका सभापति र वरिष्ट नेताले सोही अनुसार गर्ने प्रतिवध्दता जनाउनु भएपछि मात्र महासमिति बैठक अघि बढेको स्मरण गराउन चाहन्छु । महासमिति बैठकले उपरोक्त प्रावधानलाई व्यवस्था गर्नका लागि मात्र विधानको परिमार्जन गर्न म्यान्डेट दिएको थियो । तर सो म्यान्डेट र आफैँले गरेको प्रतिबद्धतालाई कतै तपाईँहरूले भुल्नुभएको र पुरानै प्रावधान राख्न लाग्नुभएको छ भन्ने सङ्केत आउन थालेको छ । सीमित व्यक्तिको निहित स्वार्थपूर्ति गर्नका लागि आम जनता र कार्यकर्ताको भावनाका साथै महासमिति बैठकको म्यान्डेटविपरीत नजान आदरणीय नेता तथा केन्द्रीय सदस्यज्यूहरूमा अनुरोध गर्दछु ।
आम जनता र जनस्तरमा काम गर्ने पार्टीका कार्यकर्ताहरूको कस्तो कांग्रेस हेर्ने चाहना छ भन्ने मनोविज्ञानलाई बुझ्ने प्रयत्न गरी आन्तरिक र बाह्य रूपमा जनाधार र संगठनलाई अझ बलियो बनाएर मात्र कांग्रेसको सवलीकरण सम्भव छ । हालै सम्पन्न महासमिति बैठकमा जिल्ला सभापतिलगायत पार्टीका अधिकांश महासमिति सदस्य एवं कार्यकर्ताहरूको पंक्तिले जनताले हेर्न चाहेको स्वरूपमा पार्टीलाई रूपान्तरण गर्न निरन्तर दवाव र प्रयत्न गरेको र आदरणीय नेताहरूबाट प्रतिबद्धता व्यक्त गरिएको यथार्थ म यहाँ पुनः दोहोर्याएर सम्झाउन चाहन्छु ।
जय नेपाल् ।।।
जगदिश्वर नरसिंह के सि
सभापति नुवाकोट”