प्रदेश 2

विद्यालयस्तरीय शिक्षाको अवस्था दयनीयः मुख्यमन्त्री राउत

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विद्यालयस्तरीय शिक्षाको अवस्था दयनीय रहेको बताएका छन् ।

उहाँले ‘एक पालिका एक प्राविधिक शिक्षा’को नीतिअनुरुप प्रदेश सरकार अगाडि बढ्ने बताए।

नीति आयोग प्रदेश नं २ ले शुक्रबार यहाँ आयोजना गरेको ‘विद्यालयस्तरीय शिक्षाको अवस्था र भविष्यको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, “प्रदेश सरकारले एक पालिका एक प्राविधिक शिक्षालाई प्राथमिकता दिएको छ, सो अनुसार नै सरकार अगाडि बढेको छ ।” उनले प्रारम्भिक शिक्षा राम्रो भएन भने बालबालिकाको भविष्य सुरक्षित हुन नसक्ने बताए ।

आयोगका उपाध्यक्ष डा हरिवंश झाको अध्यक्षतामा भएको अन्तरक्रियामा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले मानवीय सूचकांकले प्रदेश २ लाई देखाए अनुसारको अवस्था छ कि छैन त्यसबारे पुनरावलोकन गर्नुपर्ने बताए ।

शिक्षाविद् विद्यानाथ कोइरालाले नेपालको ऐतिहासिक र सांस्कृतिक विरासतलाई शिक्षा नीतिमा ल्याउने कि नल्याउनेरु भन्ने प्रश्न गरे ।

नीति आयोगका उपाध्यक्ष डा झाले योग, कम्प्युटर, आध्यात्मिक र आधुनिक शिक्षा सबैमा नेपालको राम्रो पहुँच होस् भन्नलाई नै आयोगले यस्ता कार्यक्रम गरेर बहस चलाएको जानकारी दिए ।