पत्रपत्रिका

अध्यक्ष दाहालले सहीदहरुको सपनामाथि होली खेलेका छन्ः नेकपा विप्लव समूह

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सहिदहरुको सपनामाथि होलि खेलिरहेको आरोप लगाएको छ ।

सहिद दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी उपाध्यायले जनयुद्ध सुरु गर्दाको उद्देश्य, सहिदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि दाहालले तुषारापात गरिरहेको आरोप लगाएका हुन् ।

उनले संसदीय राजनीतिको फोहोरी खेलविरुद्ध सुरु गरिएको जनयुद्धलाई धोका दिनेहरुले १५ हजारभन्दा बढि जनयुद्धका सहिदहरुको अपमान गरेको दावी गर्दै त्यसका विरुद्ध आन्दोलनमा आउन पनि सबैलाई आह्वान गरे ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा ¥यालीसहितको प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी भएकाहरुले जनताको शासन व्यवस्था स्थापनाका लागि पार्टीको अभियानमा साथ दिन अपिल गर्दै नाराबाजी गरेका थिए । नयाँ पत्रिका