काठमाण्डौ । शनिबार आचार्य बन्धु समाज नेपाल प्रदेश नम्बर ३ के अध्यक्षमा जयराज आचार्य चुनिएका छन् । आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यालयमा बसेको बैठकले नेपाल आयल निगमका पुर्ब महाप्रवन्धक समेत रहेका आचार्यको अध्यक्षतामा ९ सदस्यीय प्रदेश कमिटी गठन गरिएको हो ।
प्रदेश नम्बर ३ को उपाध्यक्षमा सुदर्शन आचार्य, सचिवमा कल्पना आचार्य (काफ्ले), सहसचिवमा सुदन प्रसाद आचार्य, कोषध्यक्षमा दुर्गा आचार्य, सदस्यहरुमा सुदीप आचार्य, प्रकाश आचाय, रमेश आचार्य ( भक्तपुर), रमेश आचार्य( ललितपुर) रहेका छन् ।
आचार्य बन्धु समाज नेपालका केन्द्रीय महासचिव बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा गठन गरिएको उक्त कमिटी प्देश नम्बर ३ अन्तर्गत बिस्तारै १३ वटै जिल्लामा जिल्लाकमिटी गठन गर्ने नबनिर्बाचित अध्यक्ष जयराज आचार्यले बताए । समाजले सात प्रदेश र ७७ वटै जिल्लामा समाजको साखा बिस्तार गर्दै लाने राणनीति अघि सारेको छ ।