काठमाण्डौ । डिल्लीरमण पुस्तकालयमा आज साहित्य सुधा नेपाल शाखाको समुद्घाटन भएको छ । कृष्णदेव रिमालको आकर्षक एवं शिष्ट उद्घोषण, रमेश खकुरेलको प्रमुख आतिथ्य, संरक्षकद्वय डा. रामप्रसाद ज्ञवाली, देवी नेपालको आतिथ्यमा कार्यसमिति र सल्लाहकारका नामावली दीप प्रज्वलनपछि प्रमुख अतिथि रमेश खकुरेल आफैले सुनाएका छन् । कार्यक्रममा कल्पना काफ्ले (आचार्य) अध्यक्ष, गणेश घिमिरे उपाध्यक्ष, इन्दिरा दाहाल सचिव, कृष्णदेव रिमाल सहसचिव, मुकेश रिजाल कोषाध्यक्ष, दुष्यन्त भट्टराई, राजेन्द्र घिमिरे, टीका सुदिश निरौला र गौतमभद्रध्वज सदस्य रहेका छन् । सल्लाहकारहरूमा क्रमशः गण्डकी पुत्र, मनीषा प्रसाईं, पुष्प घिमिरे (काँडा), रमेश पौडेल, कृष्ण प्रसाईं र कलानिधि दाहाल रहेका छन् । भैरवी भूगोलले अतिथिहरु र समितिका सबै सदस्यलाई माला लगाएकी थिइन् ।
गणेश घिमिरे मार्मिकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा ५७ जना कवि र कवयित्रीहरुले रचना वाचन गरेका थिए। वाचकहरूमा प्रदीपकुमार मैनाली, प्रकाश बस्नेत गफाडी, कलानिधि दाहाल, डा.भागवत आचार्य, छवि बैरागी घिमिरे, रामराजा तिमल्सिना, राजेन्द्र घिमिरे, भैरवी भूगोल, लव खड्का, मानसी रेग्मी, कोशराज न्यौपाने, प्रह्लाद पोखरेल, गण्डकी पुत्र, प्रभा भट्टराई, रामप्रसाद ज्ञवाली, पुनम घिमिरे, गणेश घिमिरे गहन, रुकेश श्रेष्ठ, पृथक हिमाल वली, गजेन्द्र मोक्तान, भुवनहरि सिग्देल, गङ्गा आचार्य (पर्वत), सुनील अधिकारी, मुकेश रिजाल, कृष्ण प्रसाई, सुजन ढुङ्गेल, कुमार नेपाल, डम्बर घिमिरे, रुद्र अधिकारी, रमेश पौडेल, बद्री उप्रेती, पदम डोङ, गङ्गा आचार्य (नुवाकोट), सुशान्त केसी, पुष्कर लोहनी, सीता पौडेल, विजयराज न्यौपाने, हरि सिग्देल, देवराज जोशी, विजयध्वज थापा, भुवन सिवाकोटी, रवीन्द्र आशिश शैली, निर्मलरमण पराजुली, वासु काफ्ले, साया मोक्तान, राधा कार्की दुवाल, आमना पौडेल, प्रभाती किरण, सरोज घिमिरे, चन्द्रप्रसाद न्यौपाने, पुष्कर लोहनी, मुकेश रिजाल, दुष्यन्त भट्टराई, देवी नेपाल, कृष्णदेव रिमाल, इन्दिरा दाहाल रहेका थिए ।