प्रदेश 2

नेपालको मौलिक पहिचान कम्युनिष्ट र काङ्ग्रेसले मिलेर मेटे – नेता राणा

सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘संयुक्त’का अध्यक्ष पशुपतिशम्शेर राणाले हिन्दू राष्ट्रको पहिचान पुनस्र्थापित गर्नुपर्ने बताए ।

राजविराजमा आयोजित प्रदेश नं २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राणाले नेपालको मौलिक पहिचान कम्युनिष्ट र काङ्ग्रेसले मिलेर मेटेको आरोप लगाउँदै सगरमाथा र गोर्खालीको नामले चिनिए झैँ संसारकै एक्लो हिन्दू राज्य भनेर चिनिएको नेपालको पहिचान पुनस्र्थापित गरी छाड्ने बताए ।

नेता राणाले राष्ट्रपतिभन्दा पुरानो संरचनाकै राजसंस्थाबाट मात्र निष्पक्ष अभिभावकको भूमिका निर्वाह हुने जिकिर गरे । अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दू राष्ट्र पुनस्र्थापित गर्न सडकमा उत्रिने बताए ।