काठमाडौँ । शनिबार १० बजेबाट मातृभूमी कप, उपस्थित हुन धुर्मुसको आग्रह गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ चैत २३ गते हुने मातृभूमी कपको सम्पुर्ण तयारी सकिएको छ । मातृभूमी कपका लागि राष्ट्रिय कलाकारहरुको टिम समेत फाईनल भएको फाउण्डेशनले जानकारी दिएको छ ।
भोलि अर्थात शनिबार हुने मातृभूमी कपका लागि कलाकार समुहको तर्फबाट सम्पुर्ण कलाकारहरु खेल खेल्न पुर्ण तयारीका साथ बसिरहेका छन् । कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए । खेलाडीहरुको खेलका लागी पुरा तयारी सकिएको छ ।फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस ले भने ‘भोलिको प्रतियोगीता रोमान्चक मात्र नभई एउटा पर्फेक्ट मनोरञ्जनको प्याकेज पनि हुनेछ’ ।
प्रतियोगीतामा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आमने सामने हुनेछन् । पारस खड्काको कप्तानीमा राष्ट्रिय टिम ए र ज्ञानेन्द्र मल्लको कप्तानीमा राष्ट्रिय टिम बि बिच रोमान्चक २० ओभरको खेल हुनेछ भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा कलाकार ए र हरिवंश आचार्यको कप्तानीमा कलाकार बि बिच १० ओभरको खेल हुनेछ ।
रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगीता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत आँधी प्रभावितहरुका लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ । मातृभूमी कपका लागि निरन्तर टिकट बितरण भईरहेको छ । ईसेवा मार्फत अनलाईन टिकट खरिद गर्न सकिनेछ भने भोली खेलमैदानमा समेत टिकट उपलब्ध हुनेछ । खेल भोली अर्थात शनिबार १० बजेदेखी सुरु हुनेछ ।